
विन्ध्यवासीनी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट घोषणा गरेको छ ।
कार्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मङ्सिर ६ गते बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । यसैगरी बैठकले कम्पनीले हालको चुक्ता पुँजीको ८ प्रतिशत बराबरको बोनस सेयर लाभांश बाँड्ने निर्णय पनि गरेको छ ।
कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ कार्तिक २८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात कार्तिक २७ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।