नेपाल फाइनान्स दुई करोड ४० लाख रुपैयाँ घाटामा, इपिएस कति ?

नेपाल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको घाटामा १८.५६ प्रतिशतले वृद्धि भएको छ ।

खुद नाफा – पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफामा गिरावट भएको देखिन्छ । फाइनान्सको अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म २० करोड २ लाख घाटा रहेको थियो । यस आवको पहिलो त्रैमाससम्म कम्पनीको घाटा २ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी – फाइनान्सको खुद ब्याज आम्दानीमा भने वृद्धि भएको छ । पहिलो त्रैमाससम्म कम्पनीले कुल २ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । त्यस अघिको आव कम्पनीले १ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

खराब कर्जा अनुपात (एनपील) – फाइनान्सको खराब कर्जा अनुपात (एनपील) मा सामान्य गिरावट आएको छ । पहिलो त्रैमाससम्म कम्पनीको खराब कर्जा १०.३६ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्ष यसै अवधिमा खराब कर्जा एनपीएल ११.७५ प्रतिशत रहेको थियो।

वितरणयोग्य मुनाफा – २५ करोड ७ लाख रुपैयाँले ऋणात्मक ।

प्रतिसेयर आम्दानी – ३.२९ रुपैयाँले ऋणात्मक ।

प्रतिसेयर नेटवर्थ – १३५.८६ रुपैयाँ

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button