महाशक्ति सिमेन्ट लिमिटेडले सार्वजनिक निष्कासनको एजेन्डासहित साधारणसभा डाकेको छ ।
पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २७ गते काठमाडौंस्थित कम्पनी कै रजिष्टर्ड कार्यालयमा बस्ने गरी साधारणसभा मिति तय गरेको हो । सभामा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधनलगायतका प्रस्तावमा छलफल गरिने जनाइएको छ । यसैगरी सभामा धितोपत्र बोर्ड लगायत सम्बन्धित निकायबाट स्वीकृति लिएर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्ने विशेष प्रस्ताव पनि पेश गरिने जनाइएको छ ।
कम्पनीले कपिलवस्तुको शिवराजमा प्लान्ट स्थापना गरि ओपिसी पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । लुम्बिनी, गरिमा, एपेक्स, सिनर्जी, बुद्ध र जेके ब्रान्ड नाममा कम्पनीले उत्पादन बिक्री गरिरहेको छ ।
ADVERTISEMENT