पाँचथर पावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ ।
कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद निष्कासनका लागि साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने निर्णय गरेको जनाइएको छ । कम्पनीले बैंकको ऋण भुक्तानी गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको पनि कम्पनीले जनाएको छ ।
कम्पनीको हालको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी एक अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले १४.९ मेगावाटको मेगावाटको हेवा खोला ए जलविद्युत योजनाबाट विद्युत उत्पादन गरिरहेको थियो । बाढीले योजनामा ठूलो क्षति पुर्याउँदा कम्पनीले पुनर्निर्माणका लागि कर्जा लिनुपरेको थियो ।
ADVERTISEMENT