गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपिओ बिक्री खुला गरेको छ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले मङ्सिर १९ देखि पुस ३ गतेसम्म आवेदन दिन सकिने गरी आइपिओ निष्कासन गरेको हो । कम्पनीले हाल कुल जारी पुँजी ७५ करोडको ३० प्रतिशतले हुन आउने २२ लाख ५० हजार कित्ता प्राथमिक निष्कासनका लागि अनुमति मागेको हो । त्यसको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।
आर्थिक वर्ष २०७९/८० को असारसम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी ३४ पैसा रहेको छ भने नेटवर्थ १ सय रुपैयाँ ३४ पैसा रहेको छ । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ भने कम्पनी लघुबिमा सेक्टरको रहेको छ ।
ADVERTISEMENT