नेपाल वेयरहाउजिङ २ करोड २४ लाख घाटामा, अन्य सूचक कस्ता ?

नेपाल वेयरहाउजिङ लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आम्दानी बढे पनि कम्पनीले पहिलो त्रैमाससम्म २ करोड २४ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

खुद नाफा/घाटा : अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद घाटामा गिराववट भएको छ । यस त्रैमाससम्म कम्पनीको खुद घाटा २ करोड २४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा २ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।

कुल आम्दानी : पहिलो त्रैमासमा कम्पनीले ९३ लाख रुपैयाँ कुल आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ९ लाख रुपैयाँ मात्र रहेको थियो ।

सञ्चालन मुनाफा : तेस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा ११ करोड २३ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा एक करोड ५७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।

वितरणयोग्य मुनाफा : जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा २ करोड २४ लाख ४६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रति सेयर नेटवर्थ : ८५.२५ रुपैयाँ

इपिएस : ४.१२ रुपैयाँले ऋणात्मक

पिई रेसियो : (२५२.४६)

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button