नेपाल धितोपत्र बोर्डले कर्नरिङको आशंकामा कर्णाली विकास बैंकको सेयर कारोबार अनुसन्धान गर्ने भएको छ ।
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको भोलिपल्टै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो । यसरी सर्किट लगाउनुमा सेयर कर्नरिङ गर्नेहरुको समूह लागेको आरोप लागेपछि कारोबार अनुसन्धान गर्न दबाब बढेको थियो । लगानीकर्ताहरुले सामाजिक सञ्जाल तथा लिखित रुपमै पनि बोर्डमा उजुरी गरेको जनाइएको छ ।
हालसालै बोर्ड अध्यक्ष नियुक्त सन्तोष नारायण श्रेष्ठले आफ्नो कार्यकालको शुरुआतमा प्रभाव बढाउन पनि कारवाही अघि बढाउन लागेको अपेक्षा गरिएको छ । यता कर्णाली बैंक कै शैलीमा विशाल बजार कम्पनीको सेयर मूल्यमा पनि चलखेल भएको लगानीकर्ताले आशंका गरेका छन् ।
सरकारको स्वामित्वमा रहेको कम्पनीको ठूलो हिस्सा सेयर नेप्सेमा लिस्टिङ भएपछि उक्त कम्पनीको कुल पूँजीकरण बजारमै सर्वाधिक भएको थियो । बजारमा फ्लोट सेयरको संख्या निकै न्यून हुँदा उक्त कम्पनीको सेयरमा चलखेल गर्दा समग्र नेप्सेमै ठूलै हलचल मच्चिदै आएको छ ।
विशाल बजार कम्पनीको सेयर चार कारोबार दिनमा ३७ प्रतिशतले बढिसकेको छ ।