सानिमा बैंकको लाभांश स्वीकृत, डाक्यो साधारणसभा

सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट घोषित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

लाभांश स्वीकृत भएसँगै कार्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले मङ्सिर ४ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्ने गरि बैंकले २० औं साधारणसभाको मिति तय गरेको छ । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्नेछ ।

कम्पनीले आव २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशतले हुन आउने नगद लाभांश करसहित बाँड्ने प्रस्ताव गरेको थियो । बैंकले लाभांश र साधारणसभा प्रयोजनार्थ कार्तिक २५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात कार्तिक २४ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button