अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले कम्पनीको आठौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन ।
भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज १८ गते काठमाडौंको कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज ४ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात असोज ३ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
कम्पनीको दोस्रो बजारमा ६७० रुपैयाँमा मङ्गलबार अन्तिम कारोबार भएको थियो । हिजो मात्रै उक्त कम्पनीको सेयर ७.५४ प्रतिशतले बढेको थियो ।